दफा १०५
कीर्ते वा जालसाजी भनिएको लिखत मिसिल साथ राख्नु पर्ने
दफा १०४ को उपदफा (१) बमोजिम एउटा पक्षले पेश गरेको लिखत अर्को पक्षलाई देखाउँदा त्यसलाई निजले कीर्ते वा जालसाजी लिखत नामाकरण गरेमा त्यस्तो लिखतको पीठमा दुवै पक्षको सहीछाप गर्न लगाई सम्बन्धित कर्मचारीको हस्ताक्षर र अदालतको छाप समेत लगाई सिलवन्दी गरी मिसिल साथ सुरक्षित राख्नु पर्नेछ र सहीछाप गर्ने ठाउँ नभएमा छुट्टै कागज जोडी जोर्नीमा समेत सहीछाप गरी मुचुल्का गरी राख्नु पर्नेछ ।